Back to Campaign for preventing Nepal's land from Indian invasion

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

By रामकुमार श्रेष्ठ

हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । यो सर्ब मान्य कुरा हो जुनसुकै देशको लागि पनि, तर वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन (यसबारेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस) र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गरेको छ, भारतले करोडौं रुपयाँ खर्च गरेर नक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्ने समय आइसक्यो बुद्धलाई उही भारतीय परिचय दिंदै,...

1 comment

to comment